काठमाडौँ– मन्त्रालयले संस्कृति प्रवद्र्धन एवं पुरातात्विक संरक्षका लागि यसै वर्ष पशुपति विकास कोष र पर्यटन बोर्डको सहयोगमा ‘पशुपति दर्शन वर्ष’ भव्यताका साथ मनाउने भएको छ । पशुपतिनाथलाई केन्द्रमा राखी काठमाडौँदेखि नेपालभर हिन्दू सर्किटको विकास गर्ने, ऐतिहासिक स्मारक धरहरा पुनःनिर्माणलाई तीव्रता दिने कार्ययोजना समेटिएको छ ।


ADVERTISEMENT


त्यसैगरी, बहुप्रतिष्ठित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउने, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई गति दिने, पछिल्लो समय विवादमा परेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समस्या चाँडो समाधान गरी निर्माण कार्यलाई तीव्रता दिइनेछ ।


ADVERTISEMENT

# # #


नेपालको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित र व्यवस्थित गर्न आवश्यक कदम चालिने, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको व्यवस्थापकीय पक्षमा सुधार गरिने कार्ययोजनामा छ ।

मन्त्रालयअन्तर्गत रहेका राष्ट्रिय गौरवका परियोजनालाई प्रभावकारी अघि बढाउनुका साथै मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकमैत्री र आकर्षक बनाउन व्यापारिक ‘होर्डिङ बोर्ड’ विस्थापित गरी नेपालको संस्कृति परिचय र विशेषता झल्किने आकर्षक विद्युतीय ‘होर्डिङ बोर्ड’ राखिने, विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नति गरिने कार्ययोजनाको लक्ष्य छ ।

मन्त्री देवले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका पाँचवटा आयोजनालाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो । उनले करिब २२ वर्षदेखि अन्योलमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियाले गति लिएको जानकारी दिँदै विवादित भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम चाँडै अघि बढाइने बताए ।