झापा – कोभिड– १९ को बढ्दो सङ्क्रमणका कारण झापाका विभिन्न सात वटा स्थानीय तहमा कतै आंशिक त कतै पूर्णरुपमा निषेधाज्ञा जारी गरिएको छ ।


ADVERTISEMENT


जिल्लामा ५७४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि दमक, कनकाइ, कमललगायतका स्थानीय तहमा पूर्णरुपमा निषेधाज्ञा छ । यहाँको कचनकवल गाउँपालिमा भने नेतृत्वले वडागत बजेट विनियोजन गर्दा विभेद गरेको आरोप लगाउँदै जनप्रतिनिधिसहित स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् ।


ADVERTISEMENT

# # #


गाउँपालिकाले रकम विनियोजन गर्दा विभेद गरेको र स्थानीयले तिर्न नसक्ने गरी राजश्व बढाएको जनाउँदै वडाध्यक्षसहित स्थानीय युवा विरोधमा उत्रिएको कचनकवल– ६ का वडाध्यक्ष कुलबहादुर कार्कीले जानकारी दिए।

गाउँपालिका अध्यक्ष अञ्जारा आलमले कार्यपालिकाको बैठक नै नराखी आफूखुशी ६० लाखको बजेट सिलिङ १० लाखमा झारेको, राजश्व परामर्श समितिको निर्णयविपरीत तीन गुणासम्म कर बढाएको जनाउँदै वडा नम्बर २, ४,६ र ७ का वडाध्यक्षसहित स्थानीयले गाउँपालिकाको कार्यशैलीप्रति विरोध गरिरहेका छन् । उनीहरुले गाउँपालिकाको निर्णय सच्याउन माग राखेर दुई पटकसम्म यसअघि गाउँपालिकामा तालाबन्दी गरेका थिए ।

विरोधसभालाई वडा नं २ का अध्यक्ष मेखबहादुर भट्टराई, वडा नं ४ का अध्यक्ष परमानन्दसिंह राजवंशी, ६ का अध्यक्ष कुलबहादुर कार्की र वडा नं ७ का अध्यक्ष भरत राजवंशीसहित विद्यार्थी नेता रोशन लामालगायतले गाउँपालिका अध्यक्ष र राप्रपा पार्टी एकलौटी ढङ्गले अगाडि बढेको आरोप लगाएका छन् ।