काठमाडौँ – भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छन् ।


ADVERTISEMENT


सोमबार एक ट्वीट गर्दै राष्ट्रपति भण्डारीले मुखर्जीको निधनले मर्माहत बनाएको बताएकी हुन् । उनले मुखर्जीको निधनबाट नेपालले एक असल मित्र गुमाएको बताएकी छन् ।


ADVERTISEMENT

# # #


उनले भनेकी छन्, ‘भारतका पूर्व राष्ट्रपति श्री प्रणव मुखर्जीको आज भएको दुःखद् निधनबाट मर्माहत भएको छु । नेपाली जनता, नेपाल सरकार तथा मेरो व्यक्तिगत तर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ ।’

भारतका १३ औँ राष्ट्रपति ८४ वर्षीय मुखर्जीको सोमबार उपचारका क्रममा दिल्लीस्थित आरआर अस्पतालमा निधन भएको थियो । केही पहिले कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका उनको टाउकोको गम्भीर अप्रेसन समेत गरिएको थियो । उनी केही दिनदेखि ‘कोमा’मा थिए ।