काठमाडौं – पछिल्लो २४ घण्टामा १ हजार ६९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यस्तै ७६८ जना डिस्चार्ज भएका छन् ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १२ हजार ८८ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ७ लाख ५ हजार ५ सय ६० पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ७ हजार ३९० जना रहेका छन् भने १८ हजार १ सय १२ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ७ हजार २ सय ८० जना होम आइशोलेसनमा रहेका छन् भने १० हजार ८ सय ३२ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म निको हुनेको संख्या २२२ हजार १७८ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ५५ प्रतिशत हो ।

कुल संक्रमित मध्ये २३९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ ।