काठमाडौँ– नेपालले एसिसी यु–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा थाइल्यान्डलाई २५५ रनले पराजित गरेको छ ।


ADVERTISEMENT


मलेसियाको क्लम अमन मैदानमा २८२ रनको विजयी लक्ष्य पाएको थाईल्याण्ड सस्तैमा समेटियो । १० ओभर खेलेको थाईल्याण्डले सबै विकेट गुमाउँदै २६ रनमै सिमित भयो । उसलाई सस्तैमा समेट्ने क्रममा नेपालका स्पिनर सन्दीप लामिछानेले सार्वाधिक ७ विकेट लिए । सस्तैमा रोक्ने क्रममा उनले ४ ओभर बलिङ गर्दै एक मेडनसहित ६ रन खर्चिएर ७ विकेट लिए।


ADVERTISEMENT

# # #


यस्तै दिपेन्द्र सिंह ऐरी, नन्दन यादव र किशोर महतोले समान १/१ विकेट लिए

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८१ रन बनाएको थियो

नेपालका लागि अनिल कुमार साहले सर्वाधिक ९१ रन बनाए। सतक बनाउन ९ रनले चुकेका उनले ७४ बलमा ६ चौका र ५ छक्का हिर्काएका थिए। यस्तै प्रनित थापामगरले अर्धशतकीय योगदान गरे। उनले ६१ बल खेलेर ५० रन बनाए। उनले ३ चौका र एक प्रहार गरे।

रोहित पौडेलले २८ रन जोड्दा कप्तान दीपेन्द्रसिंह ऐरीले ३२ बल खेलेर २२ रनमा आउट भए।

ओपनर मोहमद आसिफ शेखले २१ रन बनाए। ९ ‌ओभरको पहिलो बलमा आउट हुनुअघि २६ बल खेलेर २ चौका प्रहार गर्न सफल भए। अर्का ओपनर सन्दीप सुनारले ३२ रनको योगदान गरे। उनले ५७ बलमा ३ चौका प्रहार गरे। सन्दीपले अनिलसँग दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरे। पवन शर्राफ २२ र किशोर महतो २ रनमा अविजित रहे।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले सिंगापुर, भुटान र थाइल्यान्डविरुद्ध खेल्नेछ। समूह ‘बी’ मा मलेसिया, हङकङ, चीन र म्यानमार छन्।

नेपालको बुधबार भुटानसँग र बिहीबार सिंगापुरसँग खेल हुनेछ। समूहबाट शीर्ष स्थान बनाउने दुई टोलीले यू–१९ एसिया कपमा छनोट हुन पाउनेछन्।