विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले युरोपमा लकडाउन नगरेपनि हुने बताएको छ । युरोपका विभिन्न क्षेत्रमा कोरोना हाउगुजी भएको बताउँदै लकडाउनविरुद्ध आन्दोलन चर्किरहेको समयमै डब्लूएचओका युरोप निर्देशक हेन्स क्लुगले युरोपमा लकडाउन नगरेपनि हुने अभिव्यक्ति दिएका हुन् ।


ADVERTISEMENT


उनले आवश्यक परे निश्चित क्षेत्रमा मात्रै लकडाउन लगाउनुपर्ने र अन्य ठाउँमा आनीबानीमा सुधार गरेर अवस्था सामान्य गर्नुपर्ने बताए । आउँदो महीनामा कोरोनाको अर्को लहर शुरु हुनसक्ने बताउँदै उनले भ्याक्सिन नबनेसम्म दूरी कायम गरी अनिवार्य मास्क लगायतका स्वास्थ्य मापदण्ड अपनाएर अवस्था सामान्य गर्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


पछिल्लो समय युरोपका विभिन्न देशमा कोरोना हाउगुजी भएको भन्दै लकडाउन हटाउनुपर्ने मागका साथ विना मास्क, विना सामाजिक दूरी आन्दोलन चर्किरहेको छ । -एजेन्सी