एजेन्सी – अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर ५ महीनायताको उच्च विन्दुमा पुगेको छ। तेलको आपूर्ति उच्च भएका वेलामा विश्वमा तेलको माग कोभिड–१९का कारण साबिकको अवस्थामा फर्किन नसकेकाले युएईले तेलको आपूर्ति ३० प्रतिशतले घटाएको छ ।


ADVERTISEMENT


लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा नोभेम्बर डेलिभरीको ब्रेन्ट क्रुड फयूचर्सको मूल्य सोमवार १ दशमलव ५ प्रतिशतले बढेर प्रतिब्यारेल ४६ डलर ५ सेन्टमा पुग्यो, जुन विगत ५ महीनायताको उच्च हो। यस्तै न्यूयोर्कको मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा तेलको मूल्य १.२ प्रतिशतले वृद्धि भई प्रतिब्यारेल ४३ डलर ४८ सेन्ट कायम भएको थियो ।


ADVERTISEMENT

# # #