काठमाडौँ– नेकपा एमालेको मेची–महाकाली अभियानअन्तर्ग सोमबार सप्तरीको राजविराजमा झडप भएर तीन जनाको ज्यान गएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्ने भनेको एकता यात्रा पनि रोकिएको छ।


ADVERTISEMENT


पार्टी अध्यक्ष कमल थापाले सप्तरी घटनापछि उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै चैत ७ गतेदेखि गर्ने भनिएको राष्ट्रिय एकता यात्रा हाललाई स्थगित गरिएको बताएका छन्।


ADVERTISEMENT

# # #


राजविराजमा प्रहरीसँगको झडपमा परी चार जनाको ज्यान गएपछि एमालेले आफ्नो अभियान तीन दिनका लागि स्थगित गरेको थियो।