काठमाडौँ– नवनियुक्त उद्योगमन्त्री सुनिलबहादुर थापाले आज मन्त्रालयमा पुगी पदबहाली गरेका छन् ।


ADVERTISEMENT


उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को सिफारिसमा मन्त्री बनेका हुन् । नवनियुक्त उद्योग मन्त्री थापाले पदबहालीपछि आयोजित परिचयात्मक कार्यक्रममा मुलुकको व्यापार घाटा कम गर्न, लगानीमैत्री वातावरण निर्माण गर्न र रुग्ण उद्योग सञ्चालनमा आफ्नो प्रयास जारी रहने बताए ।


ADVERTISEMENT

# # #


यसअघि थापाले विसं २०७३ साउन १९ गतेदेखि २०७४ जेठ २३ गतेसम्म वाणिज्य मन्त्रालयको कार्यभार सम्हालेका थिए ।