जिल्ला युवा समिति डडेल्धुराका अध्यक्ष भरत मल्लसंग गरिएको काराकानी :


ADVERTISEMENT


युवा परिषद्को जिम्मेवारी कसरी अगाडी बढिराखेको छ ?


ADVERTISEMENT

# # #


युवा परिषद् गठन भएको एक वर्ष बित्यो । यो अवधिमा कार्यालय व्यवस्थापन, युवा ऐन र युथ भिजनको प्रचारप्रसारमै गयो । यो वर्षबाट हाम्रो युवा पषिद्ले गति लिन्छ कि भन्ने हो । अब नयाँ कार्यका साथ हामी जाँदैछौँ ।

तपाई जिल्लाका युवाहरुको प्रतिनिधित्व गरिरहनु भएको छ । यो जिल्लामा युवाहरुको अवस्था कस्तो छ ?

समग्र राष्ट्रको जस्तै यो डडेल्धुराको पनि अवस्था त्यस्तै हो । तर पनि भौगोलिक विकटता, राज्यको कम उपस्थितिले गर्दापनि बेरोजगार भएर डिप्रसनमा गएको, कुलतमा फसेकाले गर्दा युवाको अवस्था अन्य भन्दा अलि नाजुक नै छ भन्नु पर्छ । किनभने परम्परागत संस्कार, रितिरिवाजले गर्दा शैक्षिक क्षेत्रमा पनि यताको युवा पछाडी परिरहेका छन् । राम्रो शैक्षिक संस्था नहुनु, प्राविधिक शिक्षालय नहुनुले गर्दा व्यावसायिक शिक्षामा पनि पछाडी रहेको छन् । उद्योगधन्दा एउटा पनि नहुनाले बेरोजेगारीले गर्दा अधिकांश युवा भारततिर पलायन हुने र बाँकी खाडीतिर जाने समस्या छ । यसले गर्दा समग्रमा डडेल्धुरामा युवाको अवस्था अलि कमजोर नै छ भन्नुपर्छ ।

यो कुरालाई सुधार गर्नका लागि तथा समस्याको निराकरणका लागि पनि युवा परिषद्को भूमिका पनि त्यत्तिकै रहन्छ । यसका लागि के कस्ता कार्यक्रमहरु आउँदैछन् ?

हामीले अहिले डडेल्धुराको वस्तुगत स्थितिलाई हेर्दा युवाहरुलाई रोजगार दिने कि स्वरोजगार बनाउने भन्ने विषयमा हामी लागिरहेका छौँ । युवालाई कम्तीमा पनि केही व्यावसायिक तालिमहरु उपलब्ध गराएर आत्मनिर्भर बनाउनका लागि हामीले योजना बनाइरहेका छौँ । राज्यका तर्फबाट व्यवासायिक शिक्षामा पहल गर्नका लागि यहाँका सातवटै स्थानीय तहमा बसेर हामीले छलफल गरिराखेका छौँ । व्यावसायिक शिक्षा। रोजगारमुलक कार्यक्रम र आत्मनिर्भरतामा यहाँका युवालाई अगाडी बढाउनका लागि कार्यक्रमहरु हामी ल्याउँदैछौँ ।

त्यसको लागि बजेटको कुरा पनि आउला कत्तिको प्रयाप्त बजेट छ ? कसरी व्यवस्थापन गर्नुहुन्छ ?

बजेट पक्कैपनि चाहिन्छ । यसको लागि हामीलाई युवा परिषद् अन्तर्गत केन्द्रबाट केही बजेट आउँछ र केही स्थानीय निकायसंगका सहकार्यमा बजेटको व्यवस्थापनमा लागिरखेका छौँ । अहिले सोझै स्थानीय तहबाटै बजेट बजेट लागू हुने भएकाले जननिर्वाचित प्रतिनिधिहरुसंग बसेर हामीले एक चरणको छलफल गरेका छौँ । उहाँहरुले युवाहरुको लागि बजेट के कती चाहिन्छ हामी सहयोग गर्छौँ भनेर आश्वासन दिनुभएको छ । यसको लागि स्थानीय तह, विभिन्न गैरसरकारी संस्थाहरु , युवासंग सरोकार राख्ने संघसस्थाहरु सबैको सहकार्यमा त्यो योजना बनाउँदै छौँ हामी ।

अहिले नेपालमा बेरोजगारी, युवा पलायन लगायतका युवाका जुन किसिमका समस्या देखिएका छन् । तिनको समाधानका लागि के गरिनुपर्छ जस्तो लाग्छ ?

समग्र विश्वको अवस्थालाई हेर्दा ६० प्रतिशत युवाहरु विकशित राष्ट्रमा बस्छन् । ४० युवाहरु अन्यमा बसिरहेका छन् । युवाहरुलाई स्वदेश मै राख्नका लागि सबैभन्दा पहिला त रोजगारका अवसरहरुको सिर्जना गर्नु पर्यो । जसका लागि राजनीतिक स्थिरताको कुरा आउँछ । आज एउटा प्रणाली हुन्छ । भोलि एउटा प्रणाली हुन्छ । युवालाई रोजगारमा कसरी आवद्ध गर्ने र उद्यमशीलता तर्फ कसरी लैजाने भन्ने हामीले सोच्न जरुरी छ । एउटा युवाले म अब जागिर गर्छ हाईन यती जनालाई म रोजगार दिनसक्छु भन्ने खालको वातावरण बनाउनु पर्यो । त्यसका लागि राज्यबाट नीति ल्याउन जरुरी छ ।

हाम्रो स्थानीय तहको कुरा गर्नु पर्दा युवा परिषद्ले ल्याएको एक वडा १० युवा उद्यमशीलता भन्ने कार्यक्रम रहेको छ । यसमा पनि पाँच लाख रुपैयाँ मात्रै बजेट छ । यो प्रयाप्त बजेट होइन । एक प्रदेशमा ५० लाखको मेगाप्रोजेक्ट भनेको छ । यसमा पनि हामीले युवा परिषद्ले धेरथोर प्रयास गरेको छ । तर प्रयाप्त छैन । यसका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउन हो भने मलाई लाग्छ कुनै पनि युवा बाहिर जान चाहदैन ।

यी सबै कुराका लागि युवा परिषद्ले सरकारलाई कत्तिको दबाब दिएको छ ?

यसको लागि युवा परिषद्ले अर्थमन्त्रालयसंग पनि कुरा गरेर अगाडी बढेको छ । युवा परिषद्ले अर्थ मन्त्रालय र उद्योग मन्त्रालयहरुसंग पनि सम्वन्वय गरेर बजेटका लागि विभिन्न चरणमा वार्ता गरेको छ । यो पाली केन्द्रमा के कस्तो कार्यक्रम आएको छ हामीर्ला जानकारी भएको छैन । केही नयाँ कार्यक्रमहरु आउँछ होला भन्ने आशामा हामी छौँ । तर युवा परिषदले नगरेको होईन पटकपटक आग्रह पनि गरेको छ । उद्योग मन्त्रालय र युवा परिषद्बीच के कस्तो सम्वन्वय भइराखेको छ भन्ने कुरा हामी जिल्ला स्तरकोलाई त्यती थाहा नहोला तर परिषद्ले त्यसको लागि पहल गरेकै होला जस्तो लाग्छ ।

तपाई एउटा युवा नेतापनि हो । अहिलेको राजनीतिक माहोललाई कसरी नियालिरहनु भएको छ ?

यसमा मैले दुई वटा शक्तिको ठूलो लडाईँ चलिरहेको पाउँछु । यो लडाईँ विगतदेखिको हो । अहिले एउटा राष्ट्रवादी शक्ति र अर्को बाह्य शक्तिबाट परिचालित हुने शक्तिलाई मैले बुझि रहेको छु । किनभने नेपालमा एउटा यस्तो अदृश्य शक्ति छ । जसले नेपालको नेपालको राजनीति र विकासको कुरा स्थायी रुपमा गतिशील भएर अगाडी बढेको देख्न चाहदैन । नेपालमा अस्थिरता निम्त्याई राखेर चलखेल गर्न पाई राख्यो भने हुन्थ्यो भन्ने एएटा शक्ति जो छ त्यो शक्ति र नेपाललाई विकासको दिशामा अगाडी बढाउनुपर्छ भन्ने शक्तिबीचको लडाई छ । अब जनताले कसलाई साथ दिन्छन् भन्ने कुरा चाँडै नै थाहा हुन्छ । यस्तो अवस्थामा सम्पूर्ण युवा वर्गले आ-आफ्नो तबरबाट स्वयम्स्वकको भूमिका निर्वाह गरेर संविधानको कार्यान्वयन गर्न लाग्नुपर्छ ।