काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले थप एक कार्यकालका लागि घिसिङलाई नै प्राधिकरणमा नियुक्त गर्ने तयारी गरेका छन् ।


ADVERTISEMENT


कुलमानको पहिलो चार वर्षे कार्यकाल आइतवार सकिन लागेकोमा भोलि नै मन्त्रिपरिषद् वैठकले कुलमानलाई नियुक्ति दिने निर्णय गर्ने तयारी गरेको छ । शुक्रबार सत्तारुढ नेकपाको स्थायी समिति बैठकपछि प्रधानमन्त्री ओली र उर्जामन्त्री वर्षमान पुनबीच भएको भेटमा कुलमानलाई फेरि नियुक्ति दिने सहमति भएको हो प्रधानमन्त्री कार्यालय उच्च स्रोतले जनाएको छ ।


ADVERTISEMENT

# # #