काठमाडौँ – राष्ट्रिय वाणिज्य बैँक र सिन्धुलीको कमलामाई नगरपालिका बीच सहुलियत दरमा ऋण उपलब्ध गराउनेसम्बन्धि सम्झौता भएको छ ।


ADVERTISEMENT


आइतबार एक कार्यक्रमका बीच उक्त सम्झौतामा कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्री र राष्ट्रिय वाणिज्य बैँक प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


सम्झौता अनुसार कमलामाई नगरपालिकामा रहेका बेरोजगार युवा तथा कृषकहरुले युवा स्वरोजगार, कृषि तथा विभिन्न व्यवसायहरुलाई प्रर्वद्धन गर्न सहुलियत दरमा ऋण प्राप्त गर्नेछन् ।

जसअनुसार राष्ट्रिय वाणिज्य बैकंले रु ५ लाखदेखि ५ करोडसम्म कमलामाई नगरपालिकाको सिफारिसमा महिलाको लागि १.८ प्रतिशत ब्याजदर र पुरुषको लागी २.८ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने निर्णय भएको छ ।