सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाको पहलमा मृत शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ पठाइएको छ । हेलम्बु–७ मा रहेको इचोक बर्थिङ सेन्टरमा शनिबार दिउँसो २स्३०मा सुत्केरी भएकी महिलाको अत्यधिक रक्तस्रा्रव भइरहेकाले एम्बुलेन्सबाट लान नसकिने अवस्थामा आइतबार साँझ मनाङ एयर हेलिकप्टरमार्फत काठमाडौँ लगिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताइन् ।


ADVERTISEMENT


महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत सुत्केरी हेलम्बु–१ की पेमा लामाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्देलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


गतहप्ता पनि हेलम्बु–१ की फुर्बा डोल्मा लामाले जन्माएको बच्चाले श्वास आफै फेर्न नसकेपछि गाउँपालिकाले आफ्नै खर्चमा हेलिकप्टरमार्फत उद्धार गरेको थियो । रासस