काठमाडौँ – विवादास्पद ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा परेको छ । सार्वजनिक खरीद अनुगमन कार्यालयले सूचना निकाल्दै एक वर्षसम्म कुनैपनि खरीद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचिमा राखेको हो ।


ADVERTISEMENT


कोरोना संक्रमण देखिएसँगै स्वास्थ्य सेवा विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो । तर, बिना प्रतिस्पर्धा निकै महंगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको चौतर्फी आलोचना भएको थियो । विना प्रतिस्पर्धा सम्झौताअनुसार स्वास्थ्य सामाग्री ल्याउन नसकेपनि सरकारले नै उक्त कम्पनीको बचावट गर्दै आएको थियो ।


ADVERTISEMENT

# # #


सरकारले ओम्नीलाई कालोसूचिमा राख्ने मनसाय नदेखिएपछि सार्वजनिक रुपमा सरकारको आलोचना भएकोमा संसदीय समितिले पनि यस विषयमा चासो देखाएको थियो ।