काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषद्को सुरु भएको छ । जारी बैठक नियमित बैठकको श्रृङ्खला भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जनाएका छन् ।


ADVERTISEMENT


आजको बैठकमा केही महत्वपूर्ण निर्णय हुने बुझिएको छ । नेपाल विद्युत प्राधिकरणबाट अवकास पाएका कार्यकारी निर्देशक कुलमान घिसिङको स्थानमा नयाँ नियुक्ति वा कुलमान घिसिङलाई नै निरन्तरता दिने त्यसबारेमा महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ ।


ADVERTISEMENT

# # #


दुई दिनअघि कुलमान घिसिङको कार्यकाल पूरा भएपछि प्राधिकरणको कार्यकारी निर्देशक पद खाली भएको छ । कुलमानलाई पुन प्राधिकरणको नेतृत्व दिन आमसर्वसाधारणले सरकारलाई चौतर्फी दबाब दिँदै आएका छन् ।

यस्तै कोरोना भाइरससम्बन्धि निर्णय र अन्य केही संवैधानिक नियुक्ति समेत आजको बैठकले गर्नसक्ने आँकलन छ । लामो दूरिका सवारी साधनबारे पनि निर्णय हुनेछ ।