काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका रुपमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।


ADVERTISEMENT


बर्दियाबाट चुनाव हारेका गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न सरकारलाई सिफारिस गर्ने नेकपाले निर्णय गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले अनुमोदन गरेपछि गौतम राष्ट्रियसभा सदस्य बन्नेछन् ।


ADVERTISEMENT

# # #


सरकारको आजको निर्णयसंगै गौतम सांसद बन्ने पक्का भएपनि मन्त्री बन्नका लागि संबैधानिक अड्चन रहेको कानुनबिदहरुले बताउँदै आएका छन् ।