काठमाडौँ – सरकारले लक्षण नदेखिएकाहरुको कोरोना परिक्षण नगर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको लक्षण देखिएकामा मात्र पीसीआर जाँच गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा आइतवार बसेको मन्त्रालयको वैठकले फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, नर्ससहित कसैको पनि लक्षण नदेखिएसम्म कोरोना जाँच नगर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


मन्त्रालयले क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा पनि लक्षण देखिएकाहरुको मात्रै पिसिआर परीक्षण गर्ने लक्षण नदेखिएकाको नगर्ने निर्णय गरेको छ। यसको कार्यान्वयनका लागि मन्त्रालयले आफू मातहतका निकायमा पत्र पठाइसकेको छ ।