सिराहा । सिराहाको पाँच नम्बर निर्वाचन क्षेत्र यतिबेला चर्चामा छ । यसअघि माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड निर्वाचित भएको क्षेत्रमा राजपाले बलियो आधार क्षेत्र बनाएको छ मेयरका रुपमा रामकुमार मण्डल र उपमेयरमा चन्द्रकला शाहका पक्षमा जनलहर उर्लेको राजपाका नेताहरुको दाबी छ । मण्डल दुबै संबिधानसभा निर्वाचन निर्वाचनको उमेद्वार हुन् । यस्तै शाह समेत दोश्रो संविधानसभा निर्वाचनकी उमेद्वार हुन् ।


ADVERTISEMENT


मधेश आन्दोलनको उद्गम स्थलको तेतृत्व गरेका मण्डल राजपाका उपाध्यक्ष समेत हुन । २ पटक संविधानसभा निर्वाचन लडेका उनी मधेश आन्दोलनका यस क्षेत्रका नेतृत्वकर्ता समेत हुन । शाह समेत दोश्रो संविधानसभा निर्वाचनमा उमेद्धवार बनेकी नेता हुन ।


ADVERTISEMENT

# # #


३५ बर्ष अघि देखि कम्युनिष्ट आन्दोलनको आधार क्षेत्रका रुपमा रहेको क्षेत्र जनमोर्चा, एमालेको पहिला राम्रो क्षेत्र । प्रभाबशाली नेता लिला श्रेष्ठको क्षेत्र । २०६३ को मधेश आन्दोलनको संघर्ष समिती संयोजकका रुपमा डा. सुरेन्द्र झाको क्षेत्र । तेश्रो मधेश आन्दोलनको झा र मण्डल दुबैजना नेतृत्व, दुबै युवा नेता, नेपाली काँग्रेस, तमलोपा हुँदै राजपा सम्म पनि संगै । आपसी समझदारी अत्यन्तै राम्रो र युवा माझ लोकप्रिय र आन्दोलनको नेतृत्व कर्ता भएकाले जनता पक्षमा रहेको ठम्याई छ ।

मधेश आन्दोलनका नेता चयगोबिन्द शाह सहिद भएको ठाउँ । २०४८ मा बिष्णुलाल वाईवाले जनमोर्चाबाट जिते । २०५२ मा काँग्रेस नेता प्रदिप गिरीले जितेको क्षेत्र । २०५६ मा एमालेबाट धर्मनाथ प्रसाद शाहले जितेको ठाउँ ।

काँग्रेसका राम्रा नेताहरु २०६३ बाट नै राजपामा प्रबेश गरेपछि काँग्रस कमजोर बनेको बिश्लेषण छ । राजपासंग निकटतम प्रतिद्धन्दीमा देखिने सिताराम यादब समेत बौद्धिक रुपमा नमानिने र कमजोर आँकलनमा नै रहेको बताईन्छ ।

बिश्वेन्द्र पासवान नेतृत्वको बहुजन पार्टीबाट उमेद्धवार बनेका पहिलेको राष्ट्रिय जनशक्ति पार्टीका रामप्रसाद शाह भोला समेत छायाँमा नै छन् । रामदयाल यादबले टिकट नपाउँदा पार्टी नै परित्याग गरेपछि फोरम पत्तासाप बनेको चर्चा छ ।

पूर्बमन्त्रीहरु अजय शँकर नायक, महेन्द्र पासवान, बिश्वेन्द्र पासवानहरुको क्षेत्र समेत हो मिर्चैया ।

माओबादी केन्द्रमा दिलिप शाहलाई टिकट दिएको भए व्यक्तित्वमा सालिनता र शाहहरुको जमात समेत भएको क्षेत्र भएकाले राम्रो अबस्था हुने आँकलन थियो । तर महादेवा गाउँका श्रवण यादबलाई टिकट दिएकाले आपराधिक कृयाकलापमा नाम जोडिँदा समेत पनि उनको राम्रो छैन ।

एमालेको संगठन सबैभन्दा राम्रो छ यहाँ । तर राम्रो उमेद्धवारी नै दिन नसकेको अबस्था छ । मिर्चैया भन्दा बाहिरका खासै प्रभाब र नेताका रुपमा नचिनिएका प्रदिप महाशेठलाई टिकट दिँदा कमजोर भएको छ । प्रभाबशाली नेता जामुन यादब फोरम तिर लागे पछि पनि कमजोर बन्यो । पूर्वमन्त्री धर्मनाथ शाहको समेत खासै प्रभाब छैन भनिन्छ ।

राजपा सहमहामन्त्री डा. सुरेन्द्र झालाई बौद्धिक र साझा नेताका रुपमा चिनिन्छ । मधेश आन्दोलनको उद्गम स्थल सिराहा र मिर्चैयामा आन्दोलनका उपलब्धीहरुलाई संस्थागत गर्न र राजनीतिक एजेन्डामा दीर्घकालिन अगुवाई गर्न समेत पनि राजपालाई मिर्चैयामा जित्नैपर्ने चुनौति छ । जित्नै पर्ने प्रतिष्ठाको नगरपालिका भएकाले पनि मधेश आन्दोलन, युवा आन्दोलनको उचाई र उपलब्धीका लागि जनताको मन जितेको भोट पाउनेमा बिश्वस्त रहेको राजपा नेतृत्वको दाबी छ ।

४८ हजार जनसंख्या रहेको मिर्चैया नगरपालिकामा २४ हजार मतदाता रहेका छन् । जित्नका लागि ६ देखि ७ हजार मत पोल्टामा पार्नुपर्ने उमेद्वारहरुलाई यज्ञचुनाब छ ।