काठमाडौँ – २०७२ अशोज ३ गते निर्वतमान राष्ट्रपति रामबरण यादवले संविधान सभाबाट नेपालको संविधानको घोषणा गरेको ५ औँ वर्ष पूरा भएको छ । संविधान जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाइने क्रममा आज छैटौँ संविधान दिवस मनाइँदैछ ।


ADVERTISEMENT


दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै छ । उक्त विशेष समारोहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकारले प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने जानकारी गराए ।


ADVERTISEMENT

# # #


कोरोना महामारीका कारण अघिल्ला वर्षजस्तो ब्यापक रुपमा संविधान दिवस नमनाइने भएको छ । संक्रमणको जोखिम हुने सम्भावनाका कारण विशेष समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्रै सहभागी हुने बताइएको छ । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले ४४४ जना कैदीबन्दीको कैद सजाय मुक्त गर्ने भएकी छिन् ।