काठमाडौँ – महानायक राजेश हमालले ११३ जना चलचित्र प्राविधिकलाई आर्थिक सहयोग गरेका छन् । शनिवार चलचित्र प्राविधिक संघद्धारा काठमाण्डौमा आयोजित एक कार्यक्रममा कोरोनापछिको बन्दाबन्दीका कारण समस्यामा परेका प्राविधिकहरुलाई महानायक हमालले सहयोग प्रदान गरेका हुन् ।


ADVERTISEMENT


कार्यक्रममा महानायक हमालले ११३ जना प्राविधिकहरुलाई जनही ५ हजार रुपैयाँ प्रदान गरे । उनले ५ लाख ६५ हजार रुपैयाँ प्राविधिकहरुका लागि सहयोग गरेको संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बोल्दै नायक राजेश हमालले प्राविधिकहरुप्रति आफ्नो उच्च सम्मान भएको बताउँदै यो रकम ठूलो नभएपनि समस्यामा परेको समयमा थोरै भएपनि सहयोग हुने अपेक्षाकाले उक्त सहयोग गरेको बताए । उनले, आगामी दिनमा समस्या बढ्दै गएको अवस्थामा अझै ठूलो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।