चेन्नई सुपर किङ्सले १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी खेलमा विजयी शुरुवात गरेको छ । युएईइको अबुधाबीस्थित शेख जायद स्टेढियममा शनिवार भएको उद्घाटन खेलमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले सुखद शुरुवात गरेको हो ।


ADVERTISEMENT


खेलमा मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।


ADVERTISEMENT

# # #


जितमा अम्बाती रायाडुले ७१ रनको अर्धशतकीय इनिङ्स खेले भने फाप डु प्लेसिसले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।

साम करनले १८ तथा रबिन्द्र जडेजाले १० रन जोड्दा कप्तान महेन्द्र सिंह धोनी शून्य रनमा आउट भए ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रनको टार्गेट दिएको थियो ।

मुम्बईका लागि सौरभ तिवारीले ४२ रन, क्विनटन डी ककले ३३ रन र केइरन पोलार्डले १८ रनको योगदान दिए । कप्तान रोहित शर्मा १२, सुर्यबहादुर यादब १७ र हार्दिक पाण्डेले १४ रन बनाए । गच वर्ष मुम्बई विजेता बन्दा चेन्नई उपविजेता बनेकोमा जितसँगै चेन्नईले उक्त हारको बदला लिएको छ ।