काठमाडौँ – २०७६ सालको मदन पुरस्कार ऐतिहासिक कृति महारानीका लेखक चन्द्रप्रकाश बानियाँलाई प्रदान गरिएको छ । मदन पुरस्कार गुठीको आइतबारको साधारण सभा बैठकले बानियाँलाई मदन पुरस्कारमार्फत पुरस्कृत गर्ने निर्णय गरेको हो। २०७६ मा प्रकाशित पुस्तकहरुमध्ये ललित बिष्टको मोहपथ, विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुङ्गानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु, शारदा शर्माको यात्रामा र बानियाँको महारानी शर्ट लिस्टमा परेका थिए । तीमध्येबाट महारानीलाई गुठीले पुरस्कृत गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


यस्तै जगदम्बा–श्री पुरस्कार भारतको दार्जिलिङ निवासी गायिका तथा संगीतकार शान्ति ठटाललाई प्रदान गरिने भएको छ।


ADVERTISEMENT

# # #


पुरस्कृत स्रष्टाले चार÷चार लाखका दरले नगद र प्रमाणपत्र प्राप्त गर्नेछन्। पुरस्कार राशि अघिल्लो वर्षदेखि दोब्बर पारिएको थियो। त्यसअघि दुई÷दुई लाख प्रदान गर्ने गरिन्थ्यो।