काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ९६६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् । यस्तै १ हजार ३ सय२५ जनामा संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा ९ हजार ५ सय ८४ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ९ लाख १४ हजार २ सय ९० पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ७ हजार ४ सय ५१ जना रहेका छन् भने १७ हजार ४ सय ७८ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ८ हजार ४ सय ७ जना होम आइशोलेसनमा रहेका छन् भने ९ हजार ७१ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म निको हुनेको संख्या ४६ हजार २ सय ३३ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ७२ प्रतिशत हो ।

कुल संक्रमित मध्ये ४११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ ।