काठमाडौं – बजाज मोटरसाइकलले दशैं र तिहार चाडपर्वको अवसर पारेर “खुसी खोज्ने होइन रोज्ने” भन्ने नारा सहित “रोजेरै खुसी” योजना ल्याएको छ । बजाजको नेपालका लागि एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले उक्त योजना सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


ग्राहकका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउदै आइरहेको छ । र, कोभिड—१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरुमाँझ खुसी बाड्न उनीहरुको आवश्यकता अनुरुपका योजनाहरु ल्याएको हो । दशैं र तिहार चाडपर्वको शुभ अवसरमा बजाजले ग्राहकहरुलाई विभिन्न तीनवटा योजनाको लाभ लिन र सुरक्षा सुनिश्चित गर्दै खुशीका साथ उत्सवहरु मनाउने अवसर प्रदान गरेको छ ।


ADVERTISEMENT

# # #


रोजेरै खुसी योजना अन्तर्गत ग्राहकहरुले बजाजको कुनै पनि नयाँ मोटरसाइकलको खरिदमा तीनवटा अफर — रु १० हजार को नगद छुट पाउँन, अथवा ५० प्रतिशत डाउन पेमेन्टमा ० प्रतिशत ब्याज वा २० प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिंगको सुविधा मध्य कुनै एक अफर छनौट गरी लाभ लिन सक्नेछन् । यो योजना देशभरका सबै बजाज शोरुमहरुमा उपलब्ध छ ।

यस योजनाको शुभराम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का प्रबन्ध निर्देशक शेखर गोल्छाले ग्राहकहरुको खुसीको कारण हुन पाएकोमा निकै प्रसन्न रहेको बताए ।

उनले चाडपर्वमा ग्राहकको उत्सवको हिस्सा बन्नका लागि रोजेरै खुशी उत्तम रहेको बताए ।