काठमाडौँ – कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले लगाएको बन्दाबन्दीका कारण ठप्प आन्तरिक हवाइ उडान ६ महीनापछि आजबाट शुरु भएको छ । सरकारले सामान्य अवस्थाको तुलनामा २५ प्रतिशत मात्रै यात्रु राखेर उडान गर्न पाउने निर्णय गरेकोमा निजी वायुसेवा कम्पनीले सोहीअनुसार उडानको तयारी गरेका हुन् ।


ADVERTISEMENT


आन्तरिक उडान हुनेभएपछि शुक्रवारदेखि नै वायुसेवा कम्पनीले सीट बुकिङ खुला गरेकामा ७५ प्रतिशतसम्म बुकिङ भएको कम्पनीहरुले बताएका छन् । बुद्ध एयर, यति एयरलाइन्सले गत शुक्रवारदेखि बुकिङ खुला गरेका थिए भने श्री एयरलाइन्सले बुकिङ खुला गरेको छैन । श्रीले उडानको तयारी भइरहेकाले भोलिसम्ममा बुकिङ खुला गर्ने बताएको छ ।


ADVERTISEMENT

# # #


स्वास्थ्य मापदण्ड अपनाएर उडान गर्ने निर्णय भएकोमा उडानमा कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका यात्रुलाई निषेधित गरिएको छ । विमानस्थलमा यात्रुको दोहरो तापक्रम चेकजाँच, कन्ट्याक्टलेस चेकइन, सामाजिक दूरी, विमान चढ्नुअगावै ह्यान्ड स्यानिटाइजेशन तथा हरेक यात्रुलाई मास्क तथा भाइजरको प्रयोग अनिवार्य गरिएको छ ।

भदौ अन्तिम साताको मन्त्रिपरिषद् वैठकले आधा मात्र यात्रु राखेर उडान गर्न पाउने निर्णय गरेपनि व्यवसायीहरुले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न नसकिने बताएका थिए । सोहीअनुसार व्यवसायी र पर्यटन मन्त्रालयबीच गत शुक्रवार भएको छलफलअनुसार जहाजले सतप्रतिशत नै यात्रु राख्ने पाउने निर्णय गरेको छ । यद्यपि, सार्वजनिक सडक यातायातमा भने ५० प्रतिशत मात्र यात्रु राख्ने व्यवस्था कामय भई अशोज १ गतेदेखि यातायात सञ्चालनमा आइसकेका छन् । यातायात व्यवसायीले हवाइ र सडक यातायातमा फरक मापदण्ड बनाएकोमा विरोध गरिरहेका छन् भने उनीहरुले आफूहरु पनि सतप्रतिशत यात्रु राख्ने चेतावनी दिएका छन् ।

आजदेखि आन्तरिक उडान शुरु भएकोमा अन्तरराष्ट्रिय उडान भने भदौ १६ देखि सञ्चालनमा आइसकेको छ ।