काठमाडौँ – विश्वभर २ करोड बढी कोरोना संक्रमित निको भएका छन् । हालसम्म ३ करोड ९ लाख संक्रमित भेटिएकोमा ६९ प्रतिशत अर्थात् २ करोड ११ लाख संक्रमित निको भएका हुन् ।


ADVERTISEMENT


२०१९ को डिसेम्बर अन्ततिर चीनको उहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस २०२० को फेब्रुअरीदेखि विश्वभर क्रमशः देखिन थालेको थियो । जसकारण विश्व नै ठप्प पानुपर्ने अवस्था आएकोमा नेपालले पनि चैतदेखि देशव्यापी बन्दाबन्दी गरेको थियो । विश्व स्वास्थ्य संगठनले विश्व महामारीका रुपमा यसलाई परिभाषित गरेको छ । हालसम्म यसको कुनै खोप र औषधि प्रयोगमा आइनसकेकोमा विश्वमा विभिन्न देशमा खोप परिक्षण भइरहेको छ । यद्यपि, खोप वा औषधिको प्रयोगविनै यसको निको हुने दर भने उच्च देखिएको छ । विश्वमा मृत्युपछि पनि धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी संसारमा अधिकांश देशमा किफायती जाँच भइरहेकाले कोरोना संक्रमण भएपनि पुष्टि नभएरै निको हुनेको संख्या उच्च रहेको दावी गर्दै निको हुने दर यो भन्दा उच्च रहेको विज्ञहरु बताउँछन् ।


ADVERTISEMENT

# # #


३ करोड बढीमा संक्रमण पुष्टि भएकोमा अब विश्वमा २८ प्रतिशत अर्थात् ८८ लाख मात्र सक्रिय संक्रमित रहेका छन् । यो अवधिमा विश्वभर ९ लाख ५९ हजार जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्, जुन कुल संक्रमितको ३ प्रतिशत मात्र हो ।