काठमाडौं । फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) को खुलासा भन्दै सार्बजनिक भएको बिषयलाई लिएर बैंकहरुका सम्बन्धमा नराम्रो धारणा बनाउन नहुने नेपाल बैंकर्स संघले जनाएको छ ।


ADVERTISEMENT


बैंकहरुका सबै काम बलियो बैंकिङ संचरना र राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा पारदर्शी र कानुन सम्बत हुने हुँदा सार्बजनिक भए अनुसारका गतिबिधीमा हतारमा मुछेर हेर्न नहुने संघका अध्यक्ष भुवन दाहालले हिमालय पोष्टलाई बताए ।


ADVERTISEMENT

# # #


“सबै बैंकहरुले जेन्युन कारोबार नै गरिरहेका हुन्छन्, यस्को मोनिटरिङ देखि सबै पक्षहरुको क्रस भेरिफिकेसन समेत भईरहेकै हुन्छ” अध्यक्ष दाहालले भने “कहिँ कतै कसैले ब्यक्तिगत रुपमा गल्ती गरेको रहेछ भने भिन्नै कुरा हो तर बैंकबाट नै कमजोरी भएको छ भन्न चाहिँ सकिने ठाउँ छैन ।”

बैंकले बस्तुहरुको निर्धारित मूल्य यकिन गर्न नसक्दा समेत कारोबारमा कहिलेकाहीँ फरक देखिन सकिने भन्दै यस्लाई ठूलो बिषयका रुपमा लिन नहुने समेत उनले बताएका छन् ।

“मानौं सुनको मूल्य त सँधै एकै रहिरहँदैन, एउटा समयको कारोबारलाई हेरेर काम गर्दा त्यो बिश्वभर एकैनास नदेखिएर पनि हिसाबमा नमिलेको जस्तो देखिन सक्छ” उनले भने “त्यसैले जुन रुपमा कुराहरु आएको छ, त्यो भएको होईन, त्यस्तो हुने ठाउँ देख्दिन ।”

बैंकहरुको काममा बिश्वास गर्न सकिने बलियो आधारहरु हुने र गलत गर्ने ठाउँ नरहने कारणले कालोधन या शँकास्पद कारोबार नै हो भन्ने निष्कर्षमा पुग्न नसकिने उनको भनाई छ ।

यो बिषयमा राष्ट्र बैंकबाट समेत स्पष्ट कुरा आईसकेको भन्दै बैंकको कारोबारमा शँका गर्नुपर्ने कुनै ठाउँ आँफुले नदेखेको अध्यक्ष दाहाल बताउँछन् । सार्बजनिक भएको बिषयमा आँफुले थप अध्ययन गर्ने समेत उनले बताएका छन् ।

नेपालका ९ वटा बैंक र १९ कम्पनीहरुको कारोबारलाई वित्तीय अपराधसँग जोडेर शँकास्पद रुपमा प्रस्तुत गरिएको बिषय सार्बजनिक भएपछि बैंकिङ क्षेत्रमा तरंग मच्चिएको छ ।