काठमार्डौँ – नेपाल आयल निगमले व्यवसाय विविधीकरणका लागि भन्दै ४ वर्षपछि फेरि फर्नेस तेलको बिक्री शुरु गरेको छ ।


ADVERTISEMENT


बजारमा यस्तो तेलको माग बढ्न थालेपछि कारोबारलाई व्यवस्थित गर्न निगमले निजी क्षेत्रलाई फर्नेस तेल ल्याउन अनुमति दिने भएको निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले हिमालय पोष्टलाई जानकारी दिए । उनका अनुसार निगमको अनुमतिमा निजी क्षेत्रले निगमको फर्नेस तेलको विक्री गर्न पाउँनेछन् ।


ADVERTISEMENT

# # #


यसको कारोबार गर्दै आएका व्यवसायीहरूले स्वःस्फूर्त रुपमा फर्नेस आयलको खरिद बिक्री गर्न पाउने छैनन् । उनीहरूले यस्तो निगमको अनुमति अनिवार्य लिनुपर्ने छ ।

प्रदेश नं. १ को बिराटनगर, प्रदेश नं. २ को अमलेखगञ्ज र निगमको केन्द्रीय कार्यालय काठमाडौंमा सम्पर्क गरी व्यवसायीले विक्रीका लागि अनुमति लिन सक्ने प्रबन्ध निर्देशक पौडेलले जनाए । नेपालमा खासगरी यो तेल औद्योगिक प्रयोजनका लागि प्रयोग गरिँदैआएको छ ।

चारवर्ष अघि फर्नेस तेलको माग घटेको भन्दै निगमले विक्री वितरण रोकेको थियो । निगमले फर्नेस तेलको मूल्य प्रति टन ५३ हजार ८ सय ३६ रुपैयाँ निर्धारण गरेको छ ।