काठमाडौँ – कीर्तिमान आरोही आङ्गरिता शेर्पाको निधन भएको छ । ‘हिमचितुवा’ उपनामले चिनिने ७२ वर्षीय आङ्गरिताको सोमबार निजी निवास जोरपाटीमा निधन भएको हो ।


ADVERTISEMENT


उनी मस्तिष्क र कलेजो सम्बन्धी समस्याबाट पीडित थिए । आङ्गरिताको नाममा अक्सिजन बिना नै १० पटक सगरमाथा आरोहण गरेको विश्वकीर्तिमान रहेको छ ।


ADVERTISEMENT

# # #


सन् १९९० मा आफ्नो छैटौँ सगरमाथा आरोहणमा उनले उक्त उपलब्धी हासिल गरेका थिए । उनले अन्तिम पटक १९९६ मा अक्सिन बिना नै सगरमाथाको सफल आरोहण गरेका थिए ।

उनको आजै धार्मिक परम्परा अनुसार अन्तिम संस्कार हुने पारिवारिक स्रोतले जनाएको छ ।