काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् । यस्तै १ हजार १ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा ९ हजार ५ सय ३३ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ९ लाख २३ हजार ८ सय २३ पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ७ हजार ४ सय ३ जना रहेका छन् भने १७ हजार ६ सय १८ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ८ हजार ६ सय ९० जना होम आइशोलेसनमा रहेका छन् भने ८ हजार ९ सय २१ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म निको हुनेको संख्या ४७ हजार २ सय ३८ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ७२ प्रतिशत हो ।

कुल संक्रमित मध्ये ४२७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको छ ।