काठमाडौं । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईका बिषयमा अरुको दुरुत्साहनमा परेर झुटो आरोप लगाएको पुनः स्वीकार गर्दै बालिका खड्काले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा लिखित माफी समेत मागेकी छन् ।


ADVERTISEMENT


उनले आज नेकपा कार्यालय धुम्बाराही नै पुगेर दुबै अध्यक्ष, महासचिव लगायतलाई सम्बोधन गर्दै लेखिएको माफी पत्र पार्टीमा दर्ता गराएको कार्यालय सचिव ईश्वरी रिजालले हिमालयपोष्टलाई जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


“पछिल्लो समयमा मैले अरुको दुरुत्साहनमा परी तत्कालिन सञ्चारमन्त्री तथा हाल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई मैले गलत आरोप र लान्छना लगाउन पुगेँ । मैले केही सार्बजनिक सञ्चार माध्यमहरुमा दाबी गरे जस्तो उहाँसंग कुनैपनि सम्बन्ध र सम्पर्क नरहेको स्पष्ट पार्न चाहन्छु” पार्टीमा बुझाईएको पत्रमा लेखिएको छ “अरुको दुरुत्साहनमा पर्नाले मबाट कमरेड शेरधन राई प्रति भएको अन्याय र पीडा प्रति पुन क्षमायाचना गर्दै मेरो कारणले शेरधन राई लगायत अन्य ब्यक्ति, समुह, पार्टी वा अन्य निकायमा पर्न गएको भ्रम तथा नकारात्मक प्रभाव र असर प्रति सार्बजनिक रुपमै माफी माग्दछु ।”

खड्काले केही दिन अघि मात्र मुद्धा फिर्ता लिएपछि अदालतबाट भएको आदेश समेत संलग्न गर्दै पार्टीमा निवेदन दिएकी हुन् ।

यो हेर्नुहोस् नेकपा पार्टी कार्यालयमा बालिकाले दर्ता गराएको निवेदन :