काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारलाई विभिन्न संवैधानिक निकायको पदपूर्तिको पहल थाल्न सरकारलाई आग्रह गरेको छ ।


ADVERTISEMENT


मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले संवैधानिक निकायहरुमा लामो समयसम्म रिक्तता भएको भन्दै निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेकपाले विभिन्न संवैधानिक निकायहरुमा पदपूर्तिका बारेमा छिटो संवैधानिक परिषद्को बैठक राखेर त्यससम्बन्धि निर्णय प्रधानमन्त्री केपी शर्माओलीलाई अनुरोध गरेको हो ।


ADVERTISEMENT

# # #


पार्टीको सांगठनिक एकिकरणका बाँकी कामहरु पूरा गर्न अध्यक्षद्वय र महासचिवले ठोस प्रस्ताव सचिवालयको बैठकमा प्रस्तुत गर्ने र त्यसका आधारमा सचिवालयले छलफलमार्फत टुंगो लगाउने उनले बताए । कार्यसूचिमा रहेका अन्य विषयलाई अर्को बैठक बसेर छलफल गर्दै टुंग्याउने निष्कर्ष समेत आजको बैठकले निकालेको छ ।

स्थायी कमिटिका बैठकको प्रस्तावहरुलाई कार्यान्वयनको दिशातर्फ लैजान छलफल र सकारात्मक निष्कर्षसहित समापन भएको प्रवक्ता श्रेष्ठले बताए । उनले भने, ‘पार्टीभित्रको एकता, समझदारी र विश्वासलाई सुदृढ गर्ने, पार्टी र सरकारबीचको सम्बन्धलाई मजबुत बनाउने, सरकारका प्रभावकारितालाई बढाई अझ विश्वसनीय बनाउने र सरकारलाई सफल बनाउने अपेक्षासहित बैठक समापन भएको छ ।

स्थायी कमिटिको प्रस्ताव र सचिवालयको सुझाव अनुसार यथाशीघ्र मन्त्रीपरिषद् हेरफेर गर्न समेत बैठकले प्रधानमन्त्री ओलीलाई आग्रह गरेको छ ।