चितवन – नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष र महिला खेलाडीको वर्गिकरण गर्दै एक वर्षका लागि सम्झौता गरेको छ। भरतपुरमा मंगलबार बसेको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीलाई वर्गीकरण गर्दै वार्षिक सम्झौता गरेको हो। पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरिएको छ।


ADVERTISEMENT


पुरुषतर्फ ग्रेड ‘ए’ मा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषावकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी र विनोद भण्डारी परेका छन्। ग्रेड ‘बी’ मा सुसन भारी, सोमपाल कामी, आरिफ शेख र पवन सराफ परेका छन् भने ग्रेड ‘सी’ मा सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, अविनाश बोहरा र कमल सिंह ऐरी छन्।


ADVERTISEMENT

# # #


यस्तै महिलातर्फ ग्रेड ‘ए’ मा रुविना क्षेत्री, नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी छनोट भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।उनका अनुसार ग्रेड ‘बी’ मा ज्योति पाण्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, रितु कनौजिया, काजल श्रेष्ठ र सरिता मगर परेका छन्। यस्तै ग्रेड ‘सी’ मा कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले परेका छन्।

पुरुषतर्फ ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक ५० हजार, ‘बी’ श्रेणीका खेलाडीले मासिक ४० हजार र ‘सी’ श्रेणीमा पर्ने खेलाडीले मासिक ३० हजार रूपैयाँ पारिश्रमिक पाउने अध्यक्ष चन्दले जानकारी दिए।

यस्तै पहिलोपटक वर्गीकरणमा परेका महिला खेलाडीहरूको पनि पारिश्रमिक तोकिएको छ। ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक १५ हजार, ‘बी’ श्रेणीका खेलाडीले मासिक १२ हजार र ‘सी’ श्रेणीमा पर्ने खेलाडीले मासिक १० हजार रूपैयाँ पारिश्रमिक पाउने छन्।

“पहिलोपटक हामीले महिला खेलाडीको पनि सम्झौता गरेका छौँ, यो सुखद सुरुआत हो,” उनले भने।

यसअघि पुरुष खेलाडीले सन् २०१९ मा ४५ हजार, ३५ हजार र २५ हजार रूपैयाँ पारिश्रमिक पाएका थिए। क्यानले तोकेको तलब रकम खेलाडीहरूले जनवरी २०२० देखि नै पाउने छन्।