चितवन – नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो वार्षिक साधारण सभा अशोजभित्रै गर्ने निर्णय गरेको छ । भरतपुरमा मंगलबार बसेको बोर्ड बैठकले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को प्रावधानअनुसार असोजभित्रै वार्षिक साधारणसभा गर्नुपर्ने भएकाले असोज २८ गते साधारणसभा गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


संघले कुन मोडालिटीमा साधारण सभा गर्ने भन्ने निर्णय भने गरिसकेको छैन । वैठकमा दुई मोडालिटीमा साधारण सभा गर्न सकिने छलफल भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए । उनकाअनुसार कोरोना सरकारले अनुमति दिए दूरी कायम गरी भौतिक रुपमा उपस्थित भएरै क्यानको साधारण सभा हुन्छ । ‘भौतिक रुपमा उपस्थित भएर साधारण सभा गर्ने अनुमति नमिलेमा भर्चुअल माध्यमबाट साधारण सभा गर्ने निर्णय भएको छ,’ उनले भने ।


ADVERTISEMENT

# # #