काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हालै जारी गरेको नयाँ राजनैतीक नक्शा र त्यसमा उल्लेख नयाँ क्षेत्रफल छापिएका विद्यालय तहका पाठ्यपुस्तक वितरण विक्री तथा वितरणमा रोक लगाएका छन् । सोमवार प्रधानमन्त्री ओलीले त्यस्ता पाठ्यसामग्री बिक्रीरवितरणमा रोक लगाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिए ।


ADVERTISEMENT


शिक्षा विज्ञान तथा प्रविधिमन्त्रालयले प्रधानमन्त्रीको निर्देशनपछि त्यस्ता पाठ्यसामाग्री प्रकाशन, विक्री तथा वितरण रोकेको छ । ‘प्रधानमन्त्रीले किताब रोक्न निर्देशन दिएपछि हामीले त्यस्ता पाठ्यसामाग्री रोकेका छौँ,’ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताए ।


ADVERTISEMENT

# # #


सरकारले गत जेठ ७ गते भारतले अतिक्रमण गरेको लिम्पियाधुरासहितको नेपाली भूभाग समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो।