तस्बिर : साधना कला केन्द्र


ADVERTISEMENT


काठमाडौं -साधना कला केन्द्रको प्रस्तुती ‘साधना अनलाईन ट्यालेन्ट हन्ट’को पहिलो संस्करणका बिजेताहरुलाई आज पुरस्कार वितरण गरिएको छ । बिजयीहरुलाई सहरी विकास राज्यमन्त्री रामबिर मानन्धरले आज राजधानीमा पुरस्कृत गरेका हुन् ।


ADVERTISEMENT

# # #


घरबाटै गायन प्रतियोगितामा सहभागी भएर प्रथम हुने रुपा सापकोटा, दोश्रो हुने ममता तामाङ, तेश्रो हुने मञ्जिल श्रेष्ठलाई पुरस्कृत गरिएको हो । यस्तै, जुरी अवार्ड बिजेता जिग्मे छ्योकी घिसिङ, कन्सोलेसन प्राईजबाट बिमल रुसाल र निशान्त रत्न तुलाधर, पब्लिक च्वाईस अवार्डबाट सुमन शाक्य, पपुलारिटी अवार्डबाट रोबिन्सन कँसाकार, एड्माईरेसन अवार्डबाट दिपाली सोनी, चाईल्ड आर्टिष्ट अवार्डबाट ईभा न्यौपाने, पर्फर्मेन्स अवार्डबाट शिशिर थापा समेत पुरस्कृत भएका छन् ।

प्रतियोगितामा बिभिन्न १३ देशहरुबाट सहभागि सात सय भन्दा बढी गायक गायिकाहरु मध्येबाट बिजेता छानिएको केन्द्रका संस्थापक अध्यक्ष मिलन मोक्तानले बताएका छन् । प्रतियोगिताका निर्णायकहरुमा डा. कृष्णहरि बराल, किशोर गुरुङ, दीप तुलाधर रहेका थिए । प्रतियोगिताको बिजेता छनोट ईपिसोड कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको थियो ।

प्रतियोगिताको दोश्रो संस्करण समेत सुरु भईसकेको आयोजकले जनाएको छ ।