काठमाडौँ – अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को अन्त्यसम्म नेपालमा सबैभन्दा बढी आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ थियो, मोबाइलको आयात टप १०भित्र पनि पर्दैन थियो । तर नयाँ आर्थिक वर्षको पहिलो २ महीनामा भने मोबाइलले पेट्रोलियम पदार्थलाई टपेर सबैभन्दा बढी आयात हुने वस्तुको रुपमा मोबाइल फोन देखिएको छ ।


ADVERTISEMENT


कोरोनाका कारण अन्य व्यवसाय थलिँदै गएकोमा कोरोनापछि मोबाइलको माग, विक्री र आयात भने बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौमा ७ अर्ब ९४ करोडको मोबाइल आयात भएको छ, जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा रू. २ अर्ब ८४ करोडले बढी हो । यस अवधिमा अन्य बेला सबैभन्दा बढी आयात हुने डिजेलरपेट्रोलको आयात भने रू. ५ अर्ब ५ करोड मात्रै रहेको छ । अन्यको बजार खस्किँदै आयात घटेकोमा मोबाइल फोनको आयात बढ्दै गएपछि आयात हुने पहिलो नम्बरमा मोबाइल फोन उक्लिएको छ ।


ADVERTISEMENT

# # #


नेपाल मोबाइल फोन आपूर्ति संघका अध्यक्ष एवं सामसुङको आधिकारिक विक्रेता आईएमएस ग्रुपका प्रमुख कार्यकारी निर्देशक दीपक मल्होत्राकाअनुसार चैतयता मोबाइल फोनको माग ५० प्रतिशतसम्मले बढेको छ । अन्य वेला नाकाबाट अनधिकृत रुपमा मोबाइल फोनको आयात हुने गरेकोमा बन्दाबन्दीपछि नाका बन्द भई अनधिकृत मोबाइल फोनको आयात रोकिँदा आयात बढेको देखिएको उनले बताए । यस्तै लकडाउनपछि बढेको अनलाइन पढाइ र भच्र्युल मिटिङ आदिका कारण पनि मोबाइल फोनको माग बढेको उनी बताउँछन् ।