काठमाडौँ – हरेक वर्ष चाँडपर्व अगाडि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको सरकारले यस वर्ष नजिकिँदै गरेको दशैँतिहारलाई लक्षित गरी बिहीवारदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । सरकारको स्वामित्वमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले अशोज १५ देखि आगामी मङ्सिर ६ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेका हुन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमवार आफ्नो स्वामित्वमा रहेका यी संस्थानलाई पसल सञ्चालनका लागि निर्देशन दिएको छ ।


ADVERTISEMENT


काठमाडौं उपत्यकामा खाद्यले ५, साल्ट ट्रेडिङले ५ र दुग्ध विकास संस्थानले ३ स्थान गरी १३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेका छन् ।


ADVERTISEMENT

# # #


खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार सुपथ मूल्य पसलमा खाद्य कम्पनीले चामल, दाल, कर्णालीको सिमी, फापर, खानेतेल, आँटा स्यानिटाइजर, इन्डक्शन चूल्हो र खसीबोकालगायत विक्री गर्ने छ । त्यसैगरी साल्ट ट्रेडिङले चिनी, नून र दुग्ध विकास संस्थानले घिउ, पनिरलगायत खाद्यवस्तु विक्री गर्ने भएका छन् गर्दैछ । उनकाअनुसार लगनखेल, सुर्यविनायक, नक्खु, थापाथली र रामशाह पथमा खाद्यले सुपथ मुल्य पसल थाप्ने छ ।

यसैगरी साल्ट ट्रेडिङले घुम्ती पसलसमेत गरी काठमाडौँ उपत्यकाका कोटेश्वर, ललितपुर, भक्तपुर, सतुंगल र काभ्रेको बनेपासम्म १६ स्थानबाट खाद्यवस्तु विक्री गर्ने संस्थानका महाप्रवन्धक पंकज जोशीले जानकारी दिए ।
यसैगरी दूग्ध संस्थानले पनि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट सुपथ मूल्य पसल चलाउने भएको छ ।