काठमाडौँ – नेपाल टेलिकमले विभिन्न सामान खरीद गर्दा मोबाइलमा भएको ब्यालेन्सबाटै भुक्तानी गर्न सकिने सेवा शुरु गर्ने भएको छ । टेलिकमले हालसम्म मोबाइलको ब्यालेन्सबाट डेटा लिन वा फोन गर्न मात्र सकिने सेवा दिइरहेकोमा वस्तु तथा सेवा खरीदको पैसा ब्यालेन्सबाटै भुक्तानी गर्न सकिने गरी यस्तो सेवा शुरु गर्न लागेको हो ।


ADVERTISEMENT


नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीकाअनुसार हार्डवेयर र सफ्टवेयर खरीदका लागि आर्थिक प्रस्ताव खुला गरिसकेकामो आगामी साताभित्र कम्पनीसँग सम्झौता गरी ३ महीनाभित्र सेवा शुरु गरिने बताए । ‘मोबाइल मनी सेवा शुरू भएपछि बजारमा सामान किनिसकेपछि आप्mनो मोबाइलमा भएको ब्यालेन्सबाट सोझै पैसा तिर्न सकिने छ,’ अधिकारीले भने ।


ADVERTISEMENT

# # #


टेलिकमले मोबाइल मनी शुरू गर्न आवश्यक हार्डवेयर र सफ्टवेयर खरीदका लागि गरेको टेन्डरमा अमेरिकी कम्पनी पानाम्याक्स र सिमलेक, भारतीय कम्पनी सिक्सडी कमभिभा, वाननाइन्टी सेभेन र चिनियाँ कम्पनी सेन्जोन किङ्डम ठेक्कामा सहभागी भएका थिए । यिनैमध्ये एक कम्पनीसँग सम्झौता गरी कम्पनीले काम अघि बढाउने छ ।