एजेन्सी – भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् । भारतको उत्तर प्रदेशका हाथरसमा एउटा दलित युवतिमाथि सामूहिक बलात्कारपछि मृत्यु भएपछि उनको परिवारलाई भेट्न गएका राहुल र प्रियंकालाई प्रहरीले बाटैमा पक्राउ गरेको हो ।


ADVERTISEMENT


ग्रेटर नोएडाको एक्सप्रेस वेमा प्रहरीले उनीहरुको गाडी राखेको थियो । त्यसपछि राहुल गाडीबाट उत्रिएर कार्यकर्ताका साथ हिंडेरै अघि बढ्ने खोजेको र सोही क्रममा प्रहरीले उनलाई रोक्दा धक्कामुक्का समेत भएको भारतीय मिडियाले जनाएका छन् ।


ADVERTISEMENT

# # #


कांग्रेस कार्यकर्ताले भने राहुलमाथि प्रहरीले लाठी चार्जसमेत गरेको आरोप लगाएका छन् । बलात्कार घटनाको विरुद्ध हजारौँको संख्यामा मानिसहरु आन्दोलन उत्रिएपछि स्थानीय सरकारले हाथरसको सीमा सिल गर्दै ५ भन्दा बढी व्यक्ति संगै हिंड्न नपाउने नियम १४४ जारी गरेको थियो । उक्त नियम राहुलले तोडेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका राहुल र प्रियंका लगायतका कांग्रेस कार्यकर्तालाई प्रहरीले हिरासतमा राखेको छ ।