नेपालीहरुको महान चाड दशैको उपलक्ष्यमा स्मार्टडोको अभियान सुरु भएको छ ।


ADVERTISEMENT


खुशीको डोको अभियान नामको स्मार्टडोकोमा १८ भन्दा धेरै उत्पादन समुह (प्रोडक्ट क्याटगोरी) र त्यस अन्तर्गत अन्य उपसमुह पनि रहेका छन् । ग्राहकले सहजै मोबाइल फोन, विद्युतीय सामान, फेसन आइटम, बच्चाका सामान, घरपालुवा जनावरहरुलाई आवश्यक पर्ने सामान, खाद्य एवं पेय पदार्थ लगायत अन्यथुप्रै सामानहरु खुसीको डोकोबाट सहजै पाउन सक्नेछन् ।


ADVERTISEMENT

# # #


यस अफर अन्तर्गत मनपर्ने हरेक सामानमा ४५ प्रतिशत सम्मको छुट तथा कुपनकोड खुसीको डोको प्रयोग गरि हरेक सामानमा थप ५ प्रतिशत छुट मिल्नेछ ।

यस्तै, रिङ्गरोड भित्र स्मार्टडोको निः शुल्क डेलिभरि तथा नेपालका प्रमुख शहरहरुमा समेत डेलिभरि पहुँच हुने गरी सुबिधाजनक र रोचक सपिङ्गको वातावरण बनाईएको जनाईएको छ ।

खुशीको डोको अभियान १३ सेप्टेम्वर देखि सुरु भएर २५ सेप्टेम्वर २०१७ सम्म चल्नेछ ।