गौशाला– महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–२ स्थित हङकङ डाँडास्थित गोपाल खड्काले सञ्चालन गरेको कङ्क्रिट उद्योगमा रहेको रु ६० लाखको भ्याकुल लोडरमा गएराति अज्ञात व्यक्तिले आगजनी गरी नष्ट बनाएको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कठायतका अनुसार गएराति करिब ११ बजे अज्ञात समूहले सो कङ्क्रिट उद्योगमा गएर त्यहाँ रहेका ६० लाख मूल्य पर्ने भ्याकुल लोडरमा आगजनी गरी पूर्णरुपमा क्षतिग्रस्त बनाएको हो ।


ADVERTISEMENT

# # #


प्रहरीको टोलीले घटनाबारे अनुसन्धान थालिसकेको तथा आगजनी गर्नेहरुको व्यापक रुपमा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।