कञ्चनपुर– राँगा पालेर खेत जोत्ने हो, धेरै भए गाडा तान्ने हो । कमाइ भनेको खेतमा फलाएको अन्नबाली र गाडामा ढुवानी गरेर आउने आम्दानी होला भनेर अनुमान गर्दै हुनुहुन्छ भने तपाई गलत अनुमान गरिरहनुभएको छ ।


ADVERTISEMENT


शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका नारायण रानाले पालेको राँगाले मासिकरुपमा रु ९० हजार बढी कमाइ गर्दै आएको छ । भैँसीमा गर्भाधान गराएर मासिकरुपमा राँगाबाट रानाले आम्दानी गर्दै आएका हुन् । दैनिक तीनवटा भन्दा बढी भैँसीमा राँगाले गर्भाधान गर्दै आएको छ ।


ADVERTISEMENT

# # #


नगरपालिका क्षेत्रका अधिकांश भैँसीपालकले उन्नत नश्लको राँगा भएकाले रानाकहाँ ल्याउने गरेका छन् । एउटा भैँसीलाई गर्भाधान गराएबापत रानाले रु एक हजार लिन्छने । उनले चार वर्षअघि रु ३५ हजारमा खरिद गरेको राँगाले मनग्य आम्दानी दिन थालेको छ ।

पाँचजना परिवारको लत्ताकपडा, खाद्यान्न र दैनिक खर्च राँगाको कमाइले धानिँदै आएको रानाले बताए । राँगाको कमाइबाट आउने रकमले उनले रु दुई लाख खर्चेर घरमै किराना पसल खोलेका छन्। किराना पसल र राँगाको कमाइ गरी मासिकरुपमा रु एक लाखभन्दा बढी आम्दानी हुने गरेको राना बताउँछन् ।

राँगा पाल्नका लागि उनले एक बिगाहा खेत वार्षिकरुपमा रु २५ हजार तिर्ने गरी भाडामा लिई घाँसखेती गर्दै आएका छन् । राँगालाई तन्दुरुस्त पार्नका लागि दैनिक ब्रान, गुड, खली र भिटामिन घाँससँगै मिसाएर खुवाउने गरेका छन् ।

“घरमै बसीबसी वैदेशिक रोजगारीमा गएकाहरुभन्दा बढी कमाइ हुन थालेको छु”, रानाले भने । राँगा नै आम्दानीको स्रोत भएपछि घरका सबैजना दैनिक राँगाको स्याहार सुसारमा खट्ने गरेका छन् । रासस