काठमाडौँ –  धरहराको १६ औँ तलाको काम सम्पन्न भएको छ । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको धरहराको पुरानो संरचनालाई थोरै बदली २२ तलाको निर्माण गर्न लागेको छ ।


ADVERTISEMENT


गत पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणका लागि शिलान्यास गरेका थिए। कोरोना भाइरसका कारण देश लकडाउनको अवस्थामा रहे पनि धरहरा निर्माणको काम भइरहेकोमा अब अब ६ ओटा तलाको ढलान गर्न मात्र बाँकी रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।


ADVERTISEMENT

# # #


२० जना बंगालीसहित २०० जना कामदारले धरहरा पुनःनिर्माणको काम गरिरहेका छन् ।

पहिलाकोभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुने जसमा दुईवटा लिफ्ट पनि हुने प्राधिकरणले बताएको छ। लिफ्टलाई नै प्राथमिकता दिइए पनि एउटा परम्परागत भर्याङ धरहरामा राखिनेछ ।

दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी रमन कन्ट्रक्सनले निर्माण शुरु गरेको धरहरा निर्माणमा तीन अर्ब ४८ करोड लागत लाग्ने बताइएको छ। धरहरा २२ तलाको र ७२ मिटर अग्लो हुनेछ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन्।

तस्वीर : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण