स्याङ्जा – भिरकोट १ दार्सिङमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


ग १ क ४३७० नम्बरको बस र ग १३ प २८१४ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो एकआपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार वालिङ १ रामबाच्छाका ५५ वर्षीय ढाल बहादुर राना र कपिलबस्तुका ३१ वर्षीय ध्रुव भन्ने गुप्त बहादुर खत्रीको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको कालिका सामुदायिक अस्पताल हेलुमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुवै सवारी साधन र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।