काठमाडौँ– लगातार ओरालो लाग्दै आएको शेयर बजार आज दोहोरो अंकले उकालो लागेको छ ।


ADVERTISEMENT


धितोपत्र बजारमा लगानी गर्नेहरु मनोवैज्ञानिकरुपमा लगानी गर्न हच्किएपछि बजार लगातार ओरालो लाग्दै आएको थियो । नेपाल स्टक एक्स्चेन्जकाअनुसार बजार ३७.११ अंकले बढेर एक हजार ५३० बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ७.४१ बिन्दुले बढेको छ ।


ADVERTISEMENT

# # #


कूल १६१ कम्पनीको ११ लाख ७० हजार ७२ कित्ता शेयर रु ६३ करोड ५० लाख पाँच हजार ३५३ बराबरमा खरिद बिक्री भएको छ । नेप्से परिसूचक कोर्ष करेक्सनमा लागेको र आज बजार वृद्धि भएको बताइन्छ । धेरै कम्पनीले बोनस तथा नगद लाभांश वितरण गरिरहँदासमेत बजार ओरालो लागेपछि धितोपत्र बजारमा निराशा छाएको थियो । नेपाल इन्भेस्टर्स फोरमले भने लगानीकर्तालाई संयम हुन र नआत्तिन आग्रह गरेको थियो ।

नेपाल स्टक एक्स्चेन्जकाअनुसार आज अधिकांश समूहको शेयर मूल्य बढेको छ । बैंकिङ ३६.९७, व्यापार १७.१४, होटल ४३।६, विकास बैंक २३.९१, जलविद्युत् १५.०२, फाइनान्स २६.३९, बीमा २४९.०८, उत्पादन ३४.११ र अन्य समूह १०.१४ बिन्दुले बढेको छ । रासस