कास्की – आफ्नै काका ५५ वर्षीय टंक बहादुर तामाङको हत्या गरेको अभियोगमा ओखलढुंगा सुनकोशी गाउँपालिका ५ बान्द्रे घर भएका ४६ वर्षीय ईन्द्र बहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


पोखरा महानगरपालिका २० मजुवा बिसौना बिजयपुर कोट पर्यटकीय पैदल मार्ग निर्माणको काम गर्दै आएका टंक बहादुर वैशाख १ गते बिहान आफू बस्दै आएको मजुवास्थित छाप्रोमा मृत अवस्थामा फेला परेका थिए । उक्त घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय लमजुङको समन्वयमा उक्त कार्यमा संलग्न ईन्द्रलाई लमजुङ मध्यनेपाल नगरपालिका २ सोतीपसलबाट पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


गत वैशाख २० गते बेलुका टंक र ईन्द्र समेतका व्यक्तिहरुले रक्सी सेवन गरी बसेकोमा भाँडा खसालेको बिषयमा टंक र ईन्द्रबीच चर्काचर्की झगडा हुँदा ईन्द्रले टंकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

ईन्द्र उपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।