लहान– सिरहाका १०९ मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


ADVERTISEMENT


सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाकाअनुसार जिल्लाका कुल २१९ मतदानस्थलमध्ये १०९ वटा अतिसंवेदनशील र ८४ वटा संवेदनशील रहेका छन् भने २६ वटा मतदानस्थल मात्र सामान्य अवस्थामा रहेका छन् ।
तेश्रो चरणअन्तर्गत आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी जिल्लाका हरेक मतदानस्थलमा उच्च सुरक्षाको व्यवस्था गरेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


भारतीय सीमासँग जोडिएका स्थानमा रहेका मतदानस्थलमा हुनसक्ने आपराधिक तथा उशृंखल कार्य रोक्न विशेष सुरक्षा योजना अवलम्बन गरिएको प्रहरी उपरीक्षक कोइरालाले बताए । रासस