काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन शीतल निवासमा विजयादशमीको टीका ग्रहण भएको छ । सो क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई टीका र जमराको माला लगाइदिएकी हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उक्त अवसरमा राष्ट्रपति भण्डारीबाट प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले पनि टीका र जमराको माला ग्रहण गरेकी छन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओली गृहजिल्ला झापामा रहेकाले प्रधानमन्त्रीले आज आफ्नो सरकारी निवास बालुवाटारमा प्रथम महिला शाक्यलाई मात्र दशैंको टीका लगाइदिएका थिए ।

कोरोना जोखिमका कारण राष्ट्रपति र प्रधानमन्त्रीबाट विगतमा झैँ यस वर्ष सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगन भएको छ ।