काठमाडौँ – कोरोना उपचारको जिम्मेवारी पाएको मुख्य सरकारी अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोरोना संक्रमितको उपचारका लागि धरौटी लिन थालेको छ ।


ADVERTISEMENT


अस्पतालले विज्ञप्ति निकाल्दै सरकारको निर्णयअनुसार कात्तिक १४ गतेदेखि संक्रमितको उपचारका लागि शुल्क लिने जनाएको छ ।


ADVERTISEMENT

# # #


अस्पतालले आईसीयूसहित भेन्टिलेटरमा राख्नुपर्ने बिरामीका लागि दैनिक १५ हजार उपचार खर्च र ५० हजार धरौटी रकम जम्मा गर्न भनेको छ भने आईसीयूबाहेक भेन्टिलेटरमा रहेका बिरामीको दैनिक ७ हजार ५०० उपचार खर्च र ३० हजार धरौटी राख्नुपर्ने बताएको छ ।

अस्पताले निश्चित वर्गलाई गरिव परिचयपत्र वा सम्बन्धित पालिकाको सिफारिस, ७० वर्ष कटेका जेष्ठ नागरिक, अति अपाङ्गता भएको परिचयपत्र, अशक्तताको प्रमाणपत्र र एकल महिलाको प्रमाणपत्र भएमा उपचार शुल्कमा छुट हुने जनाएको छ ।